सुदूरपश्चिममा माओवादीका उम्मेदवार को–को ? (सूचीसहित)

images
  • 46
    SHARES
  • आश्विन २२, २०७९ शनिबार
    सुदूरपश्चिममा माओवादीका उम्मेदवार को–को ? (सूचीसहित)
    images

    २२ असोज, काठमाडौं ।

    माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका केही उम्मेदवारको टुंगो लगाएको छ ।

    Bina-Magar.jpg

    सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले प्रतिनिधिसभाको ४ सिट पाएको छ, जसमध्ये कैलाली क्षेत्र नम्बर २ मा भगतबहादुर बढवालले टिकट करिवकरिव टुंगिएको छ ।

    कैलाली ३ मा कृष्ण चौधरी वा वीरमान चौधरी मध्ये एकले टिकट पाउनेछन् ।

    बैतडीको उम्मेदवार टुंगिएको छैन भने कञ्चनपुर १ मा विना मगर उम्मेदवार हुनेछिन् ।

    प्रदेशसभातर्फ बाजुरा कमा कर्णबहादुर विकले टिकट पाएका छन् भने अछाम १ ख र अछाम २ कको उम्मेदवार टुंगो लागेको छैन ।

    बझाङ खमा भीम भण्डारीले टिकट पाएका छन् भने डोटीको टुंगिएको छैन । कैलाली ३ को खमा नन्दबहादुर साउदको सम्भावना छ । कैलाली ५ को कमा रमेश धामी उम्मेदवार हुने भएका छन् ।

    दार्चुला ख मा मानबहादुर धामी र डडेलधुरा क मा खगराज भट्ट उम्मेदवार हुने छन् ।

    कञ्चनपुर १ कमा कांग्रेसले पनि दाबी गरेका कारण उम्मेदवार टुंगिएको छैन भने २ को कमा टेकेन्द्र भट्टले टिकट पाउने छन् । कैलाली ३ को क र ख दुबैमा माओवादीको दाबी छ, तर भागवण्डा टुंगिएको छैन 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend