गहन अध्ययनमा छु, त्यसपछि निर्णय लिन्छु : भीम रावल

images
  • 64
    SHARES
  • आश्विन २२, २०७९ शनिबार
    गहन अध्ययनमा छु, त्यसपछि निर्णय लिन्छु : भीम रावल
    images

    २२ असोज, काठमाडौं ।

    नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले पार्टीको निर्णयबारे गहन अध्ययनमा रहेको बताएका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवारमा उनी अछाम-१ बाट सर्वसम्मत सिफारिस भएका थिए ।

    Bhim-rawal-1.webp

    तर एमालेले भने सिफारिस नै नभएका झपट बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रावलले टिकट नपाएको भन्दै एमालेको अछाम-१ का क्षेत्रीय संयोजक प्रकाश शाह र ठूलो संख्याका जिल्ला नेताहरुले एमाले छोडेको घोषणा गरेका छन् ।

    रावलले भने पार्टीले टिकट नदिएको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे गहन अध्ययनमा रहेको बताए । ‘अहिले म गहन अध्ययनमा छु, त्यसपछि निर्णय लिन्छु’, रावलले भने ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend