खर्च विवरण नबुझाउने १ लाख २४ हजार उम्मेदवार कालोसूचीमा

images
  • 58
    SHARES
  • आश्विन २२, २०७९ शनिबार
    खर्च विवरण नबुझाउने १ लाख २४ हजार उम्मेदवार कालोसूचीमा
    images

    २२ असोज, काठमाडौं ।

    निर्वाचन आयोगले खर्च विवरण नबुझाउने स्थानीय तह निर्वाचनका झण्डै १ लाख २४ हजार उम्मेदवारलाई कालोसूचीमा राखेको छ ।

    election-commission-1024x624.jpg

    आयोगले खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६२४ उम्मेदवारलाई साढे सात लाखसम्म जरिवाना गर्ने निर्णय गरेको थियो ।

     

    आयोग स्रोतका अनुसार उनीहरुको नाम सिस्टममै ब्लक गरिएको छ । खर्च विवरण नबुझाएका केही आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता खोजे नाम नै इन्ट्री हुने छैन ।

    आयोगले तोकेको जरिवाना तिरेपछि भने उनीहरुले उम्मेदवारी दिन सक्नेछन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend