धनगढी जलमग्न

images
  • 58
    SHARES
  • आश्विन २२, २०७९ शनिबार
    धनगढी जलमग्न
    images

    धनगढी —

    तीन दिनदेखि लगातार परेको वर्षाका कारण कैलालीका धेरैजसो बस्तीहरु जलमग्न भएका छन् । प्रदेशको अस्थायी राजधानी धनगढीको मुख्य बजार एलएन चोक क्षेत्र जलमग्न छ । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालय डुबानमा परेको छ ।

     

    thumb.jpg

    कार्यालयभित्रै पानी पसेपछि कार्यालयको कामकाज प्रभावित भएको छ । वर्षाकै कारण पहाडी जिल्लाका विद्युत् र सञ्चार सेवासमेत प्रभावित भइरहेको प्रहरीले जनाएको छ । एलएनचोक, हसनपुरलगायत बजार र बस्ती क्षेत्रका सयौं घरमा पानी पसेको छ ।

    कैलालीमा भजनी नगरपालिकाका बासिन्दा अत्यधिक प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनीका करिब ५ सय बढी घरहरु डुबानमा पर्दा दुई हजारभन्दा बढी स्थानीयले घरबास छाड्नु परेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend