दश बुँदेको मर्मअनुसार अघि बढ्न खोज्दा मेरो कत्लेआम गरियो : घनश्याम भुसाल

images
  • 62
    SHARES
  • आश्विन २२, २०७९ शनिबार
    दश बुँदेको मर्मअनुसार अघि बढ्न खोज्दा मेरो कत्लेआम गरियो : घनश्याम भुसाल
    images

    ghanashyam_bhusal_uaNPJT2pKB (1).jpgफाइल तस्बिर

    काठमाण्डाै -

    नेकपा एमाले छाड्ने घोषणा गरेका पूर्व स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको दश बुँदे सहमति अनुसार अघि बढ्न खोज्दा आफ्नो कत्लेआम भएको दाबी गर्नुभएको छ।

    रूपन्देहीमा पत्रकारहरूसँग कुराकानी गर्दै भुसालले पार्टीभित्र १० बुँदे सहमतिको कुरा उठाउने र त्यसकै मर्मअनुसार अघि बढ्नुपर्छ भन्नेहरुलाई ओलीले सिध्याउने कोसिस गरेको र दश बुँदे सहमति गर्ने तर ओलीले जे भन्यो त्यै मान्नेहरुलाई भने टिकट दिइएको बताउनुभएको हो । 

    ‘१० बुँदे भनेको १० भाइ मात्रै होइन । यो एउटा मर्म हो । यस मर्मअनुसार काम गर्ने अरू साथीहरू पनि योग्य थिए । पढेलेखेका थिए । यसको मर्मअनुसार काम गर्नेको कत्लेआम भयो’ भुसालले भन्नुभयो । 
    एमाले पार्टी अध्यक्ष ओलीबाट अपहरित भएकाले पनि आफूहरुले विद्रोह गरेको भुसालको भनाइ छ।

    ‘विचारको कुरा गर्दा सधैँ अपमानित हुनुपर्याे । आफूले विचार बहस, छलफल गर्ने कुनै ठाउँ पाइनँ । मूल्य हराउँदै गएको राजनीतिमा मेरो आलोचना गर्नु स्वाभाविक हो । एमाले त ओलीद्वारा अपहरित पार्टी भयो’ भुसालले भन्नुभयो ।

    आउँदो चुनावको लागि जिल्ला कमिटीले भुसालको नाम पठाए पनि अध्यक्ष ओलीले उहाँलाई टिकट नदिएपछि बिहान भुसालले पार्टी त्यागेको समेत घोषणा गर्नुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend