स्याङ्जा – २ मा कांग्रेस उपसभापति गुरुङ र एमाले सचिव अर्यालबीच प्रतिस्पर्धा हुने

images
  • 67
    SHARES
  • आश्विन २३, २०७९ आइतबार
    स्याङ्जा – २ मा कांग्रेस उपसभापति गुरुङ र एमाले सचिव अर्यालबीच प्रतिस्पर्धा हुने
    images

    स्याङ्जा 

    आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावका लागि नेपाली कांग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा कुमारी अर्याल बीच प्रतिस्पर्धा हुने भएको छ ।  

    bbb.jpg

    स्याङ्जाको क्षेत्र नम्बर २ का लागि उहाँहरु दुवैले उम्मेदवारी दर्ता गराउनु भएको हो । वालिङ नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गुरुङ र अर्यालले मनोनयन दर्ता गराउनु भएको हो । 

    यस्तै नेपाली कांग्रेसबाट प्रदेश सभाको लागि (क) मा भोजराज अर्याल र (ख) मा महेश भट्टराईले मनोनयन दर्ता गराउनु भएको छ । त्यस्तै प्रदेश सभाको (क) गठबन्धन अन्तर्गत नेकपा समाजवादीलाई परेको भन्दै समाजवादीका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले समेत मनोनयन दर्ता गर्नु भएको छ ।

    यस्तै नेकपा एमालेका तर्फबाट प्रदेश सभाको (क) मा पूर्व प्रदेश सांसद मोहन प्रसाद रेग्मी र (ख) मा डाक्टर बुद्धिमान श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

    यस्तै स्याङ्जा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका पूर्व सांसद राजु थापा र एमालेका तर्फबाट पूर्व सांसद नारायण प्रसाद मरासिनीले मनोनयन दर्ता गराउनु भएको छ ।  

    यस्तै कांग्रेसका तर्फबाट प्रदेश सभामा (क) का लागि  मा प्रदेशका पूर्व सांसद मेखलाल श्रेष्ठ र (ख) मा कांग्रेस जिल्लाका पूर्व कार्यवाहक सभापति कुमार रानाले मनोनयन दर्ता गराउनु भएको छ ।

    गठबन्धन अन्तर्गत प्रदेश सभातर्फ (क) माओवादी केन्द्रलाई परेको भन्दै अमृता थापाले समेत उम्मेदवारी दर्ता गराउनु भएको छ ।

    यस्तै एमालेले प्रदेश सभातर्फ (क) मा सीता सुन्दास र (ख) मा सुधीर पौडेलले मनोनयन दर्ता गराउनु भएको छ । 

    त्यस्तै प्रतिनिधि सभाका लागि २ नम्बर क्षेत्रमा स्वतन्त्र पार्टीको तर्फबाट टिकराज गुरुङले पनि मनोनयन दर्ता गर्नु भएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend