प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि हुम्लाका उम्मेदवारद्वारा काठमाण्डाैमा नै मनोनयन दर्ता

images
  • 51
    SHARES
  • आश्विन २३, २०७९ आइतबार
    प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि हुम्लाका उम्मेदवारद्वारा काठमाण्डाैमा नै मनोनयन दर्ता
    images

    काठमाण्डाै 

     प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि हुम्ला जिल्लाका उम्मेदवारहरुले काठमाण्डाैमा नै उम्मेदवारी दर्ता गराएका छन् ।

    fff.jpg

    गएकाे एक हप्तादेखि परेको वर्षाका कारण दुर्गम हिमाली जिल्लाहरुमा हिमपात भइरहेकोले हवाईजहाज जान नसक्दा हुम्ला जिल्लाका उम्मेदवारहरुले भने काठमाण्डाैमा रहेकाे निर्वाचन आयोगकाे मुख्य कार्यालयमा उपस्थित भएर मनोनयन पत्र दर्ता गराउनुभएको हो । आयाेगले आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आइतवार मनोनयन दर्ता गर्ने समय दिएको हाे ।

    नेकपा (एमाले) को तर्फबाट हुम्ला जिल्लामा प्रतिनिधि सभाका उम्मेदवार दल रावलले मौसम खराब भएर जिल्लामा जान नसकेका कारण पार्टीको औपचारिक पत्र र प्रतिनिधि करार गरेको पत्र निर्वाचन आयोगमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा पठाएको बताउनु भयो ।

    उहाँले आफ्नो पार्टीको प्रतिनिधि सभा र प्रदेश सभामा पनि निर्वाचन आयोगमार्फत नै मनोनयन दर्ता गराएको बताउनु भयो । सत्तारुढ गठबन्धनका उम्मेदवारले पनि काठमाण्डाैबाट नै मनोनयन दर्ता गराउनुभएको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘मौसम खराबीका कारण हेलिकप्टर, प्लेन जान सकेन । पार्टीको औपचारिक पत्र र प्रतिनिधि करार गरेको पत्र हामीले निर्वाचन कार्यालयमा पठाएका छौँ । गठबन्धनका साथीहरुले पनि यहीँ गर्याैँ । दुवै प्रदेशको पनि गर्याैँ ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend