भक्तपुर
भक्तपुर क्षेत्र नम्बर–१ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले उम्मेदवारी दर्ता गर्नुभएको छ । २०७४ सालको चुनावमा विजयी सुवाललाई नै नेमकिपाले आउँदो मङ्सिर ४ मा हुने चुनावमा दोहोर्याएकाे हो ।

नेमकिपाका केन्द्रीय सचिव सुवालले आज आइतवार भक्तपुर दरबार क्षेत्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गर्नुभयो । यस्तै सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सुनिल गोथे बासु र एमालेबाट पूर्वजिसस प्रमुख नवराज गेलालले उम्मेदवारी दिनुभएको छ ।



