काठमाण्डाै
पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलामको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आज इलाममा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खनालले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँ सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभएको हो ।



