सोलुखुम्बुमा बलबहादुरको सातौँ पटक उम्मेदवारी, प्रदेशमा माओवादीका शेर्पा र बस्नेत

images
  • 68
    SHARES
  • आश्विन २३, २०७९ आइतबार
    सोलुखुम्बुमा बलबहादुरको सातौँ पटक उम्मेदवारी, प्रदेशमा माओवादीका शेर्पा र बस्नेत
    images

    साेलुखुम्बु 

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । यो उहाँको सातौँ उम्मेदवारी हो ।

    zzxxxx.jpg

    २०४८ सालयताको संसदीय चुनावमा उहाँ सोलुखुम्बुबाट लगातार प्रतिस्पर्धा गर्दै आउनुभएको छ । पूर्वमन्त्रीसमेत रहेका केसीले यसअघि लडेका ६ चुनावमध्ये चारमा जित र दुई वटा चुनावमा हार बेहोर्नुभएको थियो । उहाँ २०६४ र २०७४ सालको चुनावमा पराजित हुनुभएको हो । 

    यस पटक उहाँले सत्तारूढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेस सोलुखुम्बुले समानुपातिकमा नाम सिफारिस गरेका केसीले शेखर कोइराला समूहको दबाबका बीच जिल्लाको सिफारिस विना नै टिकट लगेर चुनावी मैदानमा आउनुभएको हो । 

    यस्तै सोलुखुम्बुको प्रदेश सभाको दुवै निर्वाचन क्षेत्र माओवादी केन्द्रले पाएको छ । प्रदेश सभातर्फ सोलुखुम्बुको क्षेत्र नम्बर 'क' मा गोम्बु शेर्पा कर्ज्याङ र 'ख' मा शिवबहादुर बस्नेत राजेन्द्र उम्मेदवार बन्नुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend