झापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । उनले मनोनयन दर्ता गराएपछि राप्रपा र एमालेबीच आवश्यकताअनुसार आंशिक सहकार्य गरेको बताएका हुन् ।

आइतबार झापा निर्वाचन क्षेत्र नम्बर ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएपछि लिङ्देनले एमालेसँग एकअर्काको आश्यकताले सहकार्य भएको बताए । 'एक अर्काबीचको आवश्यकताको कुरा हो । अधिकांश मुख्य राजनीतिक दलहरू सबैले सहकार्य गरिरहेका छन् । राप्रपा र एमालेले आंशिक र सानो सहकार्य गरेका हौं । यसलाई धेरै चिन्ता लिएर कसैले किन मिल्यौ भनेर उठाइराख्नु पर्दैन, यो आवश्यकता हो,' उनले भने ।



