गठबन्धनको राजनीति अन्त्य गर्न मेरो उम्मेदवारी : जोशी

images
  • 94
    SHARES
  • आश्विन २४, २०७९ सोमबार
    गठबन्धनको राजनीति अन्त्य गर्न मेरो उम्मेदवारी : जोशी
    images

    तनहुँ 

    पूर्वगृहमन्त्री गोविन्दराज जोशीले गठबन्धनको राजनीति अन्त्य गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।

    ccccc.gif

    तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि स्वातन्त्र उम्मेदवारी दिँदै जोशीले गठबन्धनको राजनीतिले व्यक्तिको अधिकारलाई हनन गर्नेतर्फ अगाडि बढेको हुनाले यसको अन्त्यका लागि उम्मेदवारी दिएको बताएका हुन् ।

    ‘अहिलेको गठबन्धनले केवल सीमित व्यक्तिहरूको स्वार्थ पूरा गर्नको लागि गठबन्धनको राजनीतिलाई अगाडि बढाएको हो’, उनले भने, ‘यो गठबन्धनको राजनीतिलाई अन्त्य गरी प्रत्येक नागरिकलाई आफ्नो इच्छा अनुसार मतदान गर्ने र पार्टीभित्रकै उम्मेदवारलाई मत दिन पाउने प्रणालीलाई कायम गर्न मैले उम्मेदवारी दिएको हुँ । यो गठबन्धनको राजनीतिलाई समाप्त गरी प्रजातन्त्रलाई पुन: स्थापित गर्नुपर्छ भन्ने मेरो धाराणा हो ।’

    यस्तै नेपाली कांग्रेसमा विसंगति र विकृतिले चरम उत्कर्षमा पुगेको र राष्ट्रियस्तरको राजनीतिमा तनहुँका कांग्रेसहरूको कुनै पनि प्रभावकारी भूमिका नरहेको बताए ।

     
    अहिलेको नेपाली राजनीति विघटनको बाटोतिर गएको भन्दै उनले आफू मन्त्री हुँदा ल्याएको योजना २०औं वर्षसम्म पनि कायम रहेको तर त्यसपछि नेतृत्वमा रहेकाले देखिनेलायक कुनै योजना नआएको आरोप लगाए ।

    जोशीले पछिल्लो ५ वर्षमा जिल्लाको आवश्यकतालाई मध्यनगर गर्दै जिल्लावासीलाई गर्व गर्न लायक योजनाहरू ल्याउने प्रतिवद्धता व्यक्त गरे । जोशीले आइतबार बिहान ११:४५ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

    भ्रष्टाचार मुद्दा लागेका जोशीले यसअघि २०७४ को निर्वाचनमा तनहुँ १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल विरुद्ध उम्मेदवारी दिएका थिए । पौडेल र जोशीको प्रतिस्पर्धाका बीच त्यसबेला नेकपा एमालेका तत्कालीन नेता कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका थिए । कांग्रेसले कारबाही गरेपछि जोशी कुनै दलमा आवद्ध छैनन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend