तनहुँ अदालतमा पल शाहको सुनुवाई असोज २६ मा

images
  • 49
    SHARES
  • आश्विन २४, २०७९ सोमबार
    तनहुँ अदालतमा पल शाहको सुनुवाई असोज २६ मा
    images

     नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाह विरुद्ध असोज २६ गते सुनुवाई हुने भएको छ असोज २ गतेका लागि तोकिएको सुनुवाई स्थगित भएपछि २६ गतेलाई पेशी तोकिएको हो ।

    gbbnn.jpg

    शाहका वकिल वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले २६ गतेका लागि पेशी तोकिएको खबरपुञ्जलाई जानकारी दिए । नायक शाह विरुद्ध नवलपुर अदालतले भने साढे दुई वर्ष कैद फैसला सुनाइसकेको छ । साथै रु २५ हजार जरीवाना र रु दश लाख क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतले जनाएको छ । नावालिकमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिएपनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend