राप्रपा तनहुँका उम्मेदवारले हिन्दूराष्ट्र पुनस्थापना र भ्रष्टाचार अन्त्यका लागि उम्मेदवारी दिएको बताएका छन् ।

राप्रपाबाट तनहुँमा ६ जनाको उम्मेदवारी परेको छ । राप्रपा तनहुँ-१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद घर्तीले राजसंस्था र हिन्दुराष्ट्र आफूहरुको मुख्य एजेण्डा रहेको बताए । देशमा सुशासन कायम गराउने आफूहरुको एजेण्डा रहेको उनको भनाई थियो राप्रपाबाट तनहुँ प्रदेश १ मा विवेक न्यौपाने, प्रदेश २ मा राजु गोतामेको उम्मेदवारी दर्ता भएको छ । तनहुँ-२ को प्रतिनिधिसभा सदस्यमा मे नरेन्द्रप्रताप महत, प्रदेश १ मा रेशमराज अधिकारी र प्रदेश २ मा श्यामकला राईको उम्मेदवारी परेको छ ।



