लमजुङ असोज २४-
मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट स्वतन्त्रसहित १३ जनाले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनितिक दल र स्वतन्त्रसहित १३ जनाले मनोनयन दर्ता गराएका हुन् । निर्वाचनका लागि नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङको उम्मेदारी परेको छ ।

त्यसैगरी प्रदेश सभा ख तर्फ नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, गठबन्धनका तर्फबाट नेपाली कांग्रेस लमजुलका निर्वमान सभापति भेषबहादुर पौडेलको उम्मेदारी परेको छ । त्यसैगरी सोही निर्वाचन क्षेत्रमा हाम्रो नेपाली पार्टीबाट विमल घिमीरे, राप्रपाबाट ततबहादुर गुरुङ, जनता समाजबादी पार्टीबाट युवराज दुरा, मंगोल नेसनलन अर्गनाईजेन पार्टीबाट राज गुरुङ, नेपाली काँग्रेस विपीबाट नवराज बसौलाको उम्मेदारी परेको छ ।




