७६ जिल्लामा फैलियो डेङ्गी, अहिलेसम्म ४४ जनाकाे ज्यान गयाे

images
  • 90
    SHARES
  • आश्विन २४, २०७९ सोमबार
    ७६ जिल्लामा फैलियो डेङ्गी, अहिलेसम्म ४४ जनाकाे ज्यान गयाे
    images

    काठमाण्डाै 

    नेपालमा अहिलेसम्म डेङ्गी संक्रमणका कारण ४४ जनाको ज्यान गएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएकाे साउनदेखि अहिलेसम्म ३३ हजार नौ सय ७५ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । 

    dengue_uz8fxUtqb6.jpg

    अहिलेसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गी फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यसैबीच पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार पाँच सय ४६ जनाकाे नमुना परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा २६ जना संक्रमित निकाे भएका छन् । अहिले सक्रिय संक्रमितकाे सङ्ख्या पाँच सय ६९ छ । 

    अहिलेसम्म नेपालमा नौ लाख ९९ हजार नौ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नौ लाख ७८ हजार तीन सय २४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १२ हजार १८ जनाको कोरोनाका कारण ज्यान गएकाे मन्त्रालयले जनाएकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend