वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आईसीयूमा उपचार हुँदै, अवस्था चिन्ताजनक

images
  • 48
    SHARES
  • आश्विन २५, २०७९ मंगलबार
    वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आईसीयूमा उपचार हुँदै, अवस्था चिन्ताजनक
    images

    satyamohan_joshi_in_a_hospital_LAd6zhT2TT.jpgफाइल तस्बिर

    काठमाण्डाै - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक भएकाे डाक्टरले बताएका छन् । उहाँको आईसीयूमा उपचार भइरहेको छ । स्वास्थ्यमा  समस्या देखिएपछि गएको ७ गतेदेखि उहाँको किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    उपचारमा संलग्न डाक्टरका अनुसार उहाँको स्वास्थ्यमा सुधार आउन सकेको छैन । अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले बताउनुभयो । लामो समयदेखि प्रोष्टेड र मुटुको समस्या भएका उहाँलाई डेङ्गी समेत भएको छ ।

    १७ दिनको अस्पताल बसाइमा केही सुधार आए पनि पछिल्लो ३–४ दिनदेखि फेरि समस्या बढ्दै गएको अस्पतालले जनाएको छ। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend