सत्तारुढ दलको बैठकमा पौडेलले भने - गठबन्धन बलियो बनाउनुपर्छ, नेकपा एसले भन्यो 'एक सिट चाहिन्छ'

images
  • 90
    SHARES
  • आश्विन २५, २०७९ मंगलबार
    सत्तारुढ दलको बैठकमा पौडेलले भने - गठबन्धन बलियो बनाउनुपर्छ, नेकपा एसले भन्यो 'एक सिट चाहिन्छ'
    images
    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई बलियो बनाएर निर्वाचनमा जान आग्रह गरेका छन् । कांग्रेस तनहुँको कार्यालयमा सोमबार बसेको गठबन्धनका दलका नेताहरुको बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धनलाई बलियो बनाउनुको विकल्प नभएको बताए ।
    kkk.jpg
     
    तनहुँका चार प्रदेशसभा क्षेत्रमा गठबन्धनको घटक नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उम्मेदवारी दर्ता भएका विषयमा पौडेलले उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरे । “गठबन्धन जिल्लाबाट नभई केन्द्रबाटै भएको हो, यस विषयमा विचार गरेर उम्मेदवारी फिर्ता लिनुस्”, पौडेलले भने । वरिष्ठ नेता पौडेलले तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश(क) अन्तर्गत सत्तारुढ गठबन्धनतर्फ नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ र नेकपा (माओवादी केन्द्र) बाट हरिबहादुर चुमानले उम्मेदवारी दर्ता गराएका छन् ।
     
    बैठकमा नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य पिएल श्रेष्ठले गठबन्धनको भावना अनुसार एक सिटमा आफूहरुको दावी रहेको बताएका थिए । सोक्रममा पौडेलले एकपटक आफूलाई सहयोग गर्न आग्रह गर्दै नेकपा एसलाई राजनीतिक रुपमा अन्यत्र व्यवस्था गर्ने बताएको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । 'अधिनायकवादको विरुद्धमा एकजुट भएर चुनावमा जानुपर्छ,' पौडेलको भनाई उद्धधृत गर्दै खनालले भने।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend