उम्मेदवारी फिर्ता लिन पौडेललाई कांग्रेस नेताको आग्रह, भन्छन् 'कुनै हालतमा फिर्ता हुन्न'

images
  • 97
    SHARES
  • आश्विन २५, २०७९ मंगलबार
    उम्मेदवारी फिर्ता लिन पौडेललाई कांग्रेस नेताको आग्रह, भन्छन् 'कुनै हालतमा फिर्ता हुन्न'
    images
    दमौली 
    तनहुँ क्षेत्र नम्बर १ प्रदेश १ मा उम्मेदवारी दिएका नेपाली कांग्रेस व्यास नगर समितिका कोषाध्यक्ष नगेन्द्र पौडेललाई उम्मेदवारी फिर्ता लिन कांग्रेस नेतृत्वले आग्रह गरेको छ ।
    llll.jpg
     
    कांग्रेस परित्याग गरी उम्मेदवारी दर्ता गरेका पौडेललाई उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न कांग्रेसका केन्द्रीय तथा जिल्लास्तरका नेताहरुले आग्रह गरेका हुन् । तर पौडेलले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका छन् । पौडेल भन्छन्, 'पार्टीभित्रको निषेधको राजनीति अन्त्यका लागि उम्मेदवारी दिएको हूँ, कुनै पनि हालतमा पछाडी हट्दिन ।' अन्याय र अत्याचारको विरोधमा आफू विद्रोह गर्न बाध्य भएको उनले बताए । नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलका छोरा उनी उम्मेदवार बनेपछि कांग्रेस वृत्तमा हलचल आएको छ।
     
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend