विश्व बास्तोलाद्वारा उम्मेदवारी फिर्ता

images
  • 69
    SHARES
  • आश्विन २६, २०७९ बुधबार
    विश्व बास्तोलाद्वारा उम्मेदवारी फिर्ता
    images
    दमौली
    नेपाली कांग्रेसका पूर्व सचिव विश्व बास्तोलाले तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी फिर्ता लिएका छन् ।
    hhhhh.jpg
     
    स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका उनले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन् । बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ताको समय थियो । तयारी नपुगेका कारण आफूले उम्मेदवारी फिर्ता लिएको बास्तालाले बताए । 'केही अनलाइनमा मैले कसैलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिए भनेर समाचार आएछ, त्यो निराधार हो,' उनले खबरपुञ्जसँग भने, 'म कसैसँग पूर्वाग्रही छैन । पछि समर्थन गरे भने सार्वजनिक रुपमै भन्नेछु ।" एमालेको समर्थनमा निर्वाचन लड्ने तयारी गरेपनि एमालेले आफ्नो उम्मेदवारी कायमै राखेपछि बास्तालाले उम्मेदवारी फिर्ता लिएको बुझिएको छ ।
     
     
     
     
     
     
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend