गंगा चाैधरीकाे उम्मेदवारी फिर्ता भएन, शान्ता र मेटमणिसँग प्रतिस्पर्धा हुने

images
  • 47
    SHARES
  • आश्विन २६, २०७९ बुधबार
    गंगा चाैधरीकाे उम्मेदवारी फिर्ता भएन, शान्ता र मेटमणिसँग प्रतिस्पर्धा हुने
    images

    दाङ 

    दाङको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि तीन जना पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । 

    ooooooooooo.jpg

    सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, नेकपा एमालेबाट शान्ता चौधरी र स्वतन्त्रबाट उम्मेदवार बनेकी गंगा चौधरीबीच प्रतिस्पर्धा हुने भएको हो । उनीहरू तीनै जना यसअघि एमालेमा रहेर सक्रिय राजनीति गरेका हुन् । मेटमणि चौधरी एमाले विभाजन हुँदा एकीकृत समाजवादीतर्फ लाग्नुभएको हो भने एमालेबाट शान्ता चौधरीले टिकट पाएपछि गंगा चौधरीले हाम्राे नेपाली पार्टीबाट उम्मेदवारी दिनुभएको हो । 

    उम्मेदवारी फिर्ता लिने समय आज बुधवार दिउँसो १ बजेसम्म रहेकोमा उहाँहरूमध्ये कसैले पनि फिर्ता नलिएपछि तीन जना सहकर्मीबीच प्रतिस्पर्धा पक्का भएको हो । शान्ता र मेटमणि चौधरी थारु समुदायको आन्दोलनमा पनि सहकार्य गरेका नेता हुन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend