तनहुँ
नाबालिग जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका पल (पूर्णविक्रम) शाहको पेसी तेस्रोपटक पनि स्थगित भएको छ । जिल्ला अदालत तनहुँमा बुधबारका लागि तोकिएको पेसी आसन्न निर्वाचनको तयारीका कारण स्थगित भएको अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले बताए ।

जिल्ला अदालतका न्यायधीश मुख्य निर्वाचन अधिकृत र सरकारी वकिल तनहुँ–२ को निर्वाचन अधिकृतका रुपमा खटिएका छन् । उनले भने, ‘न्यायाधीश र सरकारी वकिल नै निर्वाचनको काममा खटिनुभएकाले आजको पेसी सरकारी वकिलको कार्यालयले स्थगित गर्नका लागि पत्रचार गरेको हुँदा रोकिएको हो ।’



