उम्मेदवारी फिर्ता नलिएपछि जसपाका ७ नेता कारबाहीमा

images
  • 56
    SHARES
  • आश्विन २६, २०७९ बुधबार
    उम्मेदवारी फिर्ता नलिएपछि जसपाका ७ नेता कारबाहीमा
    images
     
    karima-Begam.jpgकारबाहीमा परेकी करिमा बेगम

    २६ असोज, वीरगञ्ज ।

    जनता समाजवादी पार्टीले पर्सामा पार्टीको निर्णय विपरीत उम्मेदवारी दिएका केन्द्रीय सदस्य सहित ७ जनालाई कारबाही गरेको छ ।

    केन्द्रीय सदस्य सदस्य करिमा बेगमसहित ७ जनालाई पार्टीबाट निस्कासन गरिएको जिल्ला अध्यक्ष रामनरेश यादवले जानकारी दिए ।

    पार्टीबाट निस्कासनमा पर्ने अन्य नेताहरुमा प्रदेश समिति सदस्य जन्नत अन्सारी, प्रदेश परिषद सदस्य शिवकुमार साह, प्रदेश सदस्य गौरिशंकर साह, युवा नेताहरु मुकेश कुमार द्विवेदी, रुपेशमान सिंह र प्रमोद जयसवाल छन् ।

    उनीहरुले एमाले–जसपा गठबन्धनको निर्णय विपरीत पर्साका विभिन्न निर्वाचन क्षेत्रमा अर्को पार्टीबाट तथा स्वतन्त्र तर्फबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

    पार्टीको साधारण सदस्य समेत नरहने गरी उनीहरुलाई कारबाही गरिएको अध्यक्ष यादवले बताए ।

    वेगमले पर्सा क्षेत्र नं २ (ख), अन्सारीले क्षेत्र नं १ (क), द्विवेदी र सिंहले पनि क्षेत्र नं २ (ख), जयसवालले क्षेत्र नं ३ (क) बाट उमेदवारी दिएका छन् । नेपाल सुशासन पार्टीमा गई शिवकुमार र गौरिशंकर साहले क्रमशः क्षेत्र नं ३ (क) र ३ (ख) बाट उम्मेदवारी दिएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend