मोरङ-५ मा योगेन्द्र मण्डलले पाए चापाकल चुनाव चिह्न

images
  • 79
    SHARES
  • आश्विन २६, २०७९ बुधबार
    मोरङ-५ मा योगेन्द्र मण्डलले पाए चापाकल चुनाव चिह्न
    images

    २६ असोज, विराटनगर ।

    मोरङ क्षेत्र नम्बर-५ का स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले ‘चापाकल’ चुनाव चिह्न पाएका छन् ।

    yogendra-Mandal.jpg

    बुधबार निर्वाचन अधिकृतको कार्यालयबाट उनले चापाकल चुनावचिह्न लिएका हुन् ।

    नेकपा एमाले नेता मण्डल पाँच वर्षयता सो क्षेत्रमा उम्मेदवार बन्ने तयारी गरेका थिए । तर नेकपा एमालेले अन्तिम समयमा उनलाई टिकट दिएन् ।

    जसपासँग तालमेल गर्दा मोरङ क्षेत्र नम्बर– ५ एमालेले छाडेपछि मण्डल स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

    सबैले बुझ्ने र देख्ने भएकाले चापाकल चुनावचिह्न लिएको उनले बताए । ‘हाम्रो क्षेत्रमा चापाकलको प्रयोग हुन्छ,’ उनले भने,‘ सबै मतदाताले प्रयोग गरिरहेकाले चापाकल चुनाव चिह्न लिए ।’

    क्षेत्र नम्बर ५ मा एमाले र जसपाको गठबन्धनबाट जसपा नेता राजकुमार यादव, सत्ता गठबन्धनबाट माओवादी केन्द्रका नेता शिवकुमार मण्डल उम्मेदवार बनेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend