धेरै उम्मेदवार काठमाडौं १ मा, थोरै हुम्ला र मनाङमा

images
  • 71
    SHARES
  • आश्विन २६, २०७९ बुधबार
    धेरै उम्मेदवार काठमाडौं १ मा, थोरै हुम्ला र मनाङमा
    images

    २६ असोज, काठमाडौं ।

    ४ मंसिरमा हुने प्रतिनिधि सभा चुनावमा सबैभन्दा धेरै उम्मेदवार काठमाडौं क्षेत्र नम्बर १ मा र सबैभन्दा थोरै हुम्ला र मनाङमा रहेका निर्वाचन अयोगले जनाएको छ ।

    election-commission-1024x624.jpg

    आयोगका अनुसार काठमाडौं १ मा ३२ जना उम्मेदवार छन् । जसमा महिला १० जना छन् ।

    यस्तै काठमाडौं ४ तथा धनुषा ३ र मोरङ ३ मा समान ३१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

    आयोगका अनुसार काठमाडौं २ मा ५ महिलासहित ३० जना उम्मेदवार छन् ।

    सबैभन्दा कम उम्मेदवार रहेको हुम्ला र मनाङमा ३–३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

    मुस्ताङमा ४ जना, रोल्पा, डोल्पा, मुगु, जुम्ला, बाजुरा र दैलेख २ तथा अछाम २ मा समान ५ जना उम्मेदवार चुनावी मैदानमा छन् । कम उम्मेदवार भएका यी क्षेत्रमा महिला उम्मेदवार छैनन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend