बारामा एकैपरिवारका तीन जनाको हत्या, भाग्दै गरेका मृतकका श्रीमान् पक्राउ

images
  • 54
    SHARES
  • आश्विन २६, २०७९ बुधबार
    बारामा एकैपरिवारका तीन जनाको हत्या, भाग्दै गरेका मृतकका श्रीमान् पक्राउ
    images

    २६ असोज, काठमाडौं ।

    बाराका प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँका २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरीको हत्या भएको छ ।

    Crime-Scene.jpg

    जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरुको घाँटी रेटेर हत्या भएको हुनसक्ने देखिएको छ । प्रहरीका अनुसार उनीहरु सुजाना उनका श्रीमान र छोराछोरीसहित गँगटा मार्न घरबाट निस्किएकी थिइन् ।

    श्रीमान् भागेको अवस्थामा दुर्घटना हुँदा केहिपर घाइते अवस्थामा भेटिएका छन् । प्रहरी स्रोतका अनुसार अस्पतालमा उपचार भइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक अनुसन्धानमा घरायसी विवादमा हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

    घटनामा श्रीमानको भूमिका स्पष्ट भइसकेको छैन । एसपी बोगटीले अनलाइनखबरसँग भने, ‘श्रीमानको बयान लिएपछि थप विषयहरु खुल्ला ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend