मावि तह, तृत्तीय श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक

images
  • 64
    SHARES
  • आश्विन २६, २०७९ बुधबार
    मावि तह, तृत्तीय श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक
    images

    २६ असोज, काठमाडौं ।

    शिक्षक सेवा आयोगले माध्यामिक तह, तृत्तीय श्रेणी, नेपाली विषयको शिक्षक पदको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ ।

    TSC-Shikshak-Sewa-Aayog.jpg

    आयोगले गत असार ९ गते लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको अन्तर्वार्ता मंगलबार र बुधबार लिएको हो । उक्त अन्तर्वार्तामा उत्तीर्ण उम्मेदवारहरुको विवरणसहितको नतिजा प्रदेशगत रुपमा सार्वजनिक गरेको छ ।

    आयोगको नतिजा अनुसार तीन प्रदेश मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा नेपाली विषय शिक्षक रिक्त दरबन्दी अनुसार छनोट हुन सकेको देखिँदैन ।

    मधेश प्रदेशमा ३२ रिक्त पदको लागि २३ जना, बागमती प्रदेशमा ३५ रिक्त दरबन्दीको लागि ३४ जना र गण्डकी प्रदेशमा ५५ रिक्त पदको लागि ५२ जना मात्रै छनोट भएका छन् ।

    त्यस्तैगरी आयोगले शुक्लयजुर्वेद, न्याय विषयको पनि नतिजा सार्वजनिक गरेको छ । एक÷एक रिक्त दरबन्दीको लागि उम्मेदवार माग गरेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend