युक्रेनलाई मिसाइल सहयोग गर्ने नेदरल्याण्ड्सको घोषणा

images
  • 43
    SHARES
  • आश्विन २७, २०७९ बिहीबार
    युक्रेनलाई मिसाइल सहयोग गर्ने नेदरल्याण्ड्सको घोषणा
    images

    २७ असोज, काठमाडौं

    नेदरल्याण्ड्सले युक्रेनलाई १५ मिलियन डलर बराबरको मिसाइल सहयोग गर्ने घोषणा गरेको छ ।

    ghjk.jpg

    रुसले युक्रेनमा आक्रमण जारी राखेको बेला युक्रेनको हवाई सुरक्षालाई अझ मजबुत बनाउन भन्दै नेदरल्याण्ड्सले हतियार सहयोग गर्ने घोषणा गरेको हो ।

    यसअघि अमेरिका र जर्मनीले पनि युक्रेनलाई सहयोगको घोषणा गरेका थिए । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले अमेरिका र जर्मनीले आधुनिक हवाई प्रतिरक्षा प्रणाली सहयोग गरेको भन्दै आभार व्यक्त गरेका थिए ।

    रुसले सोमबार र मंगलबार युक्रेनको राजधानी किएभसहित धेरै शहरहरुमा हवाई हमला गरेको छ । साथै ऊर्जा र सैन्य क्षेत्रमा पनि आक्रमण भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend