कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

images
  • 79
    SHARES
  • आश्विन २७, २०७९ बिहीबार
    कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
    images

    काठमाण्डाै

    आउँदो कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु हुने भएको छ।

    hgfd.jpg

    स्वास्थ्य मन्त्रालयले सूचना निकालेर ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जनाएको छ।

    मन्त्रालयले आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटिामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेको छ।

    छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखि भिटामिन 'ए' कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend