सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

images
  • 53
    SHARES
  • आश्विन २७, २०७९ बिहीबार
    सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
    images

    काठमाडौं असोज २७-

    बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    gh.webp
    २० असोजमा पक्राउ परेका लामिछानेलाई सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।
    आज बिहीबार पुनः ७ दिन म्याद प्रहरीले मागेको थियो । सन्दीपका वकिलहरूले ७ दिन धेरै हुने भएकाले ३ दिन मात्र दिनुपर्ने बताएका थिए । ‘बयान दिने क्रम आधा सकिसकेको अवस्थामा ७ दिन धेरै हुन्छ’ सन्दीपका वकिलहरुले भनेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend