गठबन्धनको दुई तिहाई बहुमत आउँछः कांग्रेस वरिष्ठ नेता पौडेल

images
  • 118
    SHARES
  • आश्विन २७, २०७९ बिहीबार
    गठबन्धनको दुई तिहाई बहुमत आउँछः कांग्रेस वरिष्ठ नेता पौडेल
    images

    डुम्रे, असोज २७–

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ गठबन्धनको दुई तिहाई बहुमत आउने दाबी गर्नुभएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर १ तनहुँले आज बिपी स्मृति भवन दमौलीमा गरेको अगुवा कार्यकर्ता अन्तरक्रिया कार्यक्रममा उहाँले दुई तिहाई बुहमत ल्याउनैका लागि गठबन्धन भएको बताउनुभयो ।

    fffffddd.webp
    संविधान, गाउँको अधिकार, दलित, महिला, अल्पसङ्ख्यक, उपेक्षित वर्ग, जनजातिले पाएको अधिकार रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको उहाँको भनाइ थियो । “नेपालको संविधानको रक्षा र प्रतिगमन विरुद्धको लडाइँका लागि गठबन्धन आवश्यक परेको हो”, वरिष्ठ नेता पौडेलले बताउनुभयो । उहाँले कार्यकर्तालाई अधिनाकवाद विरुद्ध लड्न गाउँ–गाउँमा पुगेर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले जनताको लामो सङ्घर्ष, त्याग र बलिदानीले प्राप्त लोकतान्त्रिक अधिकारलाई समाप्त पार्ने खेलका विरुद्ध सत्तारूढ गठबन्धनका उम्मेदवारलाई विजय गराउन कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा ९माओवादी केन्द्र० का पोलिटब्युरो सदस्य तथा तनहुँ क्षेत्र नं १ को ‘ख’ का उम्मेदवार हरिबहादुर चुमानले गठबन्धनले जनताको अधिकार रक्षा गर्न सकेको उल्लेख गर्दै गठबन्धनकै नेतृत्वमा पुनः सरकार बनाउन चुनावी तालमेल गर्नुपरेको बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend