नवौं राष्ट्रिय खेलकुदः पुरुष फुटबलमा बागमती विजयी

images
  • 100
    SHARES
  • आश्विन २७, २०७९ बिहीबार
    नवौं राष्ट्रिय खेलकुदः पुरुष फुटबलमा बागमती विजयी
    images

    गण्डकी, असोज २७–

    नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न पुरुष फुटबलको दोस्रो खेलमा बागमतीले मधेस प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

    vbccccc.webp
    पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि बागमतीले दोस्रो हाफमा २ गोल गर्दै जीत हासिल गरेको हो । बागमतीका लागि अञ्जन विष्ट र सुनिल बलले गोल गर्नुभएको थियो ।
    खेलको ३९औँ मिनेटमा सुनिलको गोलमा अग्रता लिएको बागमतीका लागि ४५औँ मिनेटमा अञ्जन विष्टले पेनाल्टिमार्फत गोल गर्दै अग्रता दोब्बर बनाउनुभएको थियो । खेलको पहिलो हाफमा मधेस प्रदेशले बागमतीलाई निकै दबाबमा राखे पनि गोल गर्न नसक्दा हार व्यहोरेको हो । आजको पहिलो खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० गोलअन्तरले पराजित गरेको थियो । प्रतियोगिताअन्तर्गत शुक्रबार लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच पहिलो तथा कर्णाली र सुदूरपश्चिमबीच दोस्रो खेल हुने जनाइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend