कालीकोटमा मलामी गएका १३ जनालाई पहिरोले बगाएको पुष्टि भए पनि अवस्था अझै अज्ञात

images
  • 73
    SHARES
  • आश्विन २८, २०७९ शुक्रबार
    कालीकोटमा मलामी गएका १३ जनालाई पहिरोले बगाएको पुष्टि भए पनि अवस्था अझै अज्ञात
    images

    कालीकाेट 

    कालीकाेटको तिलागुफा नगरपालिका–४ मा पाँच दिनअघि मलामी जाँदा बेपत्ता भएका १३ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । स्थानीय हेमराज शाहीको अन्त्येष्टि गर्न तिला नदी किनारमा गएका राँचुली गाउँका १३ जनाको अवस्था थाहा हुन नसकेको हो ।

    ghj.jpg

    अन्त्येष्टि कर्म चलिरहँदा आएको पहिरोले उनीहरूलाई कर्णाली नदीमा बगाएको प्रहरीले निष्कर्ष निकालेको छ । उनीहरुलाई पहिरोले बगाएको भन्ने पुष्टि भएको तर त्यसपछिको अवस्था थाहा हुन नसकेको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।

    प्रहरीले खोजीको काम गरिरहेको उहाँको भनाइ छ । पहिरोमा परेका थप चार जनाको अवस्था पनि थाहा हुन नसकेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार तिलागुफामा थप तीन जना र खाँडाचक्रमा एक जना अझै बेपत्ता छन् ।

    एक हप्ताअघिको बाढी पहिरोमा २३ जना बेपत्ता रहेकोमा ६ जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । असोज १९ गतेदेखि सुरु भएको वर्षाका कारण आएको बाढी र पहिरोका कारण कर्णाली प्रदेशमा मात्र १९ जना बेपत्ता भएका छन् ।

    कालीकोट बाहेक दैलेख र जुम्लामा एक–एक जना बेपत्ता रहेका कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार वर्षाका कारण घरमा क्षति पुगेर ४ सय ८० जना विस्थापित भएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend