राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश

images
  • 55
    SHARES
  • आश्विन ३०, २०७९ आइतबार
    राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश
    images

    काठमाडौं

    सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । 

    bnghj.jpg

     

    आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । इजलासले अन्तरिम आदेशका लागि २ कात्तिकमा छलफल गर्न बोलाएको छ ।

     

    निर्वाचन आयोगले बैंकिङ कसूरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो । त्यसका विरुद्धमा गुरुङ सर्वोच्च अदालत गएका थिए । सो क्षेत्रमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend