उम्मेदवारी खारेजको माग गर्दै विक्रम पाण्डेसहित ९ जनाविरुद्ध सर्वोच्चमा परेको रिट खारेज

images
  • 75
    SHARES
  • आश्विन ३१, २०७९ सोमबार
    उम्मेदवारी खारेजको माग गर्दै विक्रम पाण्डेसहित ९ जनाविरुद्ध सर्वोच्चमा परेको रिट खारेज
    images

    चितवन, असोज ३०–

    सर्वोच्च अदालतले उम्मेदवारी खारेजको माग गर्दै परेको रिट खारेज गरेको छ ।

     
    vbn.webp

    चितवन क्षेत्र नं.३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे र नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित ९ जनाविरुद्ध परेको रिट खारेज गरेको हो ।

     

    न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सो रिट खारेज गरिदिएका हुन् । अधिवक्ता अनिल आचार्यले विभिन्न फौजदारी मुद्दाका आरोप लागेका नेताहरु प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेको भन्दै सर्वोच्चमा रिट दिएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend