जयरानीले जितिन् कीर्तिमानसहित दोश्रो स्वर्ण

images
  • 33
    SHARES
  • आश्विन ३१, २०७९ सोमबार
    जयरानीले जितिन् कीर्तिमानसहित दोश्रो स्वर्ण
    images

    ३१ असोज, पोखरा

    त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत दोश्रो स्वर्ण जितेकी छिन् ।

    Jaya-Rani-Tharu-100-M-hurdels-9th-nationl-games-1024x683.jpg

    उनले सोमबार बिहान पोखरा रंगशालाको ट्रयाकमा १०० मिटर महिला हर्डल्समा स्वर्ण जितेका हुन् । जयरानीले हिटमा १५.१६ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

    तर फाइनलमा भने उनको टाइमिङ राम्रो हुन सकेन र उनले १५.६९ सेकेण्डको टाइमिङ सहित स्वर्ण जितिन् । जयरानीले आइतबार ४०० मिटर हर्डल्समा कीर्तिमानसहित स्वर्ण जितेकी थिईन् ।

    आर्मीकी निर्मला थापाले १६.२५ सेकेण्डमा दूरी पूरा गरेर रजत हात पारिन् ।  एपीएफकी भगीरथी थारुले १९.२३ सेकेण्डको समयसहित कांस्य पदक जतेकी छिन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend