कांग्रेसले थप्यो उम्मेदवारी फिर्ता दिने म्याद

images
  • 39
    SHARES
  • आश्विन ३१, २०७९ सोमबार
    कांग्रेसले थप्यो उम्मेदवारी फिर्ता दिने म्याद
    images

    ३१ असोज, काठमाडौं

    नेपाली कांग्रेसले बागी उम्मेदवारी फिर्ता लिने समय चार दिन थप गरेको छ ।

    nepali-congress.jpg

    कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै ४ कात्तिकभित्र वक्तव्यमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय बनाए कारबाही नगर्ने उल्लेख गरेका छन् ।

    कांग्रेसले सत्तारुढ गठबन्धनका उम्मेदवार रहेको ठाउँमा बागी उम्मेदवारी दिनेलाई निष्कासनको कारबाही गरेको थियो । यदि उम्मेदवारी निष्क्रिय बनाए भने कारबाही नगर्ने कांग्रेसको भनाइ छ ।

    सत्ता गठबन्धनले २६ असोजभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend