महिला कुस्तीमा आर्मी र सुदूरपश्चिमलाई ५-५ स्वर्ण

images
  • 51
    SHARES
  • कार्तिक १, २०७९ मंगलबार
    महिला कुस्तीमा आर्मी र सुदूरपश्चिमलाई ५-५ स्वर्ण
    images

    १ कात्तिक, पोखरा

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कुस्तीको महिलातर्फका स्वर्ण पदक विभागीय टोली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले जितेका छन् ।

    मंगलबार स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मी र सुदूरपश्चिमले समान पाँच–पाँच वटा स्वर्ण पदक हात पारेका हुन् ।

    Woman-kusti.jpg

    आर्मीका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जितेका हुन् ।

    त्यसैगरी सुदूरपश्चिमका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहरा, ५३ केजी तौल समूहमा मनिषा सिंह, ५५ केजी तौल समूहमा संगीता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले स्वर्ण पदक जिते ।

    कुस्तीमा महिलातर्फ ५९ जना खेलाडीले विभिन्न १० वटा तौल समूहको खेलमा भाग लिएका थिए ।

    नवलपरासी पूर्वको कावासोती नगरपलिका–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा सञ्चालन भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend