बलात्कार आरोपी सन्दिपको इन्कारी बयान, भन्छन्–सँगै बसेको हो, बलात्कार गरेको होइन

images
  • 62
    SHARES
  • कार्तिक १, २०७९ मंगलबार
    बलात्कार आरोपी सन्दिपको इन्कारी बयान, भन्छन्–सँगै बसेको हो, बलात्कार गरेको होइन
    images

    काठमाडौँ, कात्तिक १–

    बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् । प्रहरी वृत्त, गौशालाले हालै लिएको बयानमा उनले बलात्कारको अभियोग अस्वीकार गरेका हुन् ।

    sandip_lamichhane-1662515041.webp
    तर घटना भएको भनिएको दिन जाहेरीमा उल्लेखित स्थानमा आफू पुगेको उनको बयान छ । स्रोतका अनुसार पीडित भनिएकी किशोरीसँग ५ भदौमा घुम्न गएको पनि उनले स्वीकारेका छन् ।
    प्रहरीले नगरकोटमा बसेको भनिएको भ्याली भ्यू रिसोर्ट र पिंगलास्थानस्थित होटल काठमाडौं इनको क्लोज सर्किट (सीसी) क्यामराको फुटेज पनि उनलाई देखाएको थियो । त्यसक्रममा सन्दीपले फुटेजमा देखिएको व्यक्ति आफैं भए पनि जाहेरवालाकै अनुरोधमा त्यहाँ गएको बताएका छन् ।

    उनले नगरकोटबाट फर्किएर आउँदा अबेर भएपछि जोहरवालाले नै होटलमा बसौं भनेको उल्लेख गरेका छन् । ‘उनले नै होटलमा बसौं भनेपछि बसेको हो, नत्र त्यहाँ बस्ने नियत थिएन’, लामिछानेले भनेका छन्, ‘छुट्टाछुट्टै कोठा बुक गर्न खोजे पनि त्यसदिन खाली नभएपछि कोठा नम्बर ३०५ मा नै बस्नुपरेको थियो ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend