रोटरी क्लब अफ नारायणगढ शाखाद्वारा देवघाटका बृद्धाहरूलाई खाद्यान्न सहयोग

images
  • 300
    SHARES
  • कार्तिक १, २०७९ मंगलबार
    रोटरी क्लब अफ नारायणगढ शाखाद्वारा देवघाटका बृद्धाहरूलाई खाद्यान्न सहयोग
    images
    करिस्मा गुरुङ देवघाट तनहुँ : कार्तिक १ गते
    रोटरी क्लब अफ नारायणगढ शाखाद्वारा देवघाटका बृद्धाहरूलाई खाद्यान्न सहयोग गरेको छ ।
    311510350_821519995851142_3590875201746337730_n.jpg
     
    आज मंगलबार देवघाटमा एक कार्यक्रम बिच सो खाद्यन्न सामाग्री कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाद्वारा बृद्धाहरुलाई हस्तान्तरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले रोटरीले देवघाटको धेरै ठाउँमा धेरै पटक सहयोग गर्दै आएको बताए । सोही अवसरमा उनले सहयोगी दाता रोटरी क्लब नारायणगढ शाखालाई धन्यवाद दिदैँ आगमि दिनहरूमा पनि समन्वय गरेर अगाडी बढ्ने बताए ।
    311923058_798294301206949_3055834210837851234_n.jpg
     
    आश्रमका बृद्धाहरुलाई दाल, चामल,आटा,आलु,तेल,साबुन, सरफ, फिनेल,मिक्स मसला,खाद्यान्न सामाग्रीहरू सँगसँगै लत्ताकपडा गरि करिब ५२ हजार बराबरको सहयोग गरिएको कार्यक्रम संयोजक एवं पुर्व अध्यक्ष रो.रोहित कुमार श्रेष्ठले जानकारी दिए ।
     
    312106230_963338594582869_4243241226520536555_n.jpg
    रोटरी क्लब अफ नारायणगढ शाखाका संस्थापक अध्यक्ष रो. निरञ्जन प्रधानले रोटरी एउटा सहयोगी संस्था हो यसले दिन दुखीहरू र अप्ठ्यारोमा परेकाहरुलाई धेरै ठाउँमा सहयोग गर्दै आएको छ भन्दैँ रोटरी सेवा मुलक संस्था भएकोले पवित्रा स्थल देवघाटमा रहेको बृद्धाआमाबुवाहरूलाई पनि केही पुन्य कार्य सहयोगार्थ खाद्यान्न सामाग्रीहरू हस्तान्तरण गरिएको बताए ।
     
    312003061_1088307838722769_5927109533845742287_n.jpg
    कार्यक्रममा रोटरी क्लबका पुर्व अध्यक्षहरू रो. रमेश श्रेष्ठ, रो.रमेश पौडेल, रो.कृष्णप्रसाद श्रेष्ठ,निर्वाचित अध्यक्ष रो. भोलानाथ लामिछाने, मनोनीत अध्यक्ष रो. यज्ञमुनि बज्राचार्य लगाएत उपस्थिति रहेको थियोे । सो कार्यक्रम रो. नगेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
    265865311_606452961164735_229985878378968588_n.jpg
    312171642_791401542142504_4061712672727887598_n.jpg
    311275803_458522696376492_704189432914909362_n.jpg
    312172934_426120939592913_4982248132817844572_n.jpg
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend