पुरुष भलिबलको उपाधि एपिएफलाई

images
  • 53
    SHARES
  • कार्तिक ३, २०७९ बिहीबार
    पुरुष भलिबलको उपाधि एपिएफलाई
    images

    पाेखरा । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको उपाधि एपिएफले जितेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको फाइनलमा विभागीय डर्वी भिड्न्तमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दे स्वर्ण जितेको हो।

     
    apf-volleyball_20221020171339.jpg
     

    एपिएफले आर्मीमाथि ३-० को सोझो सेटमा जित हात पार्‍याे।एपिएफले खेलमा पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट २७-२५ ले जितेको थियो। त्यस्तै, प्रतियोगिताको तेस्रो सेट २६-२४ ले जित आफ्नो पक्षमा पार्‍याे। प्रतियोगितामा नेपाल पुलिस क्लबले कास्य पदक हात पारेको थियो। कास्य पदकका लागि आज नै भएको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई ३-० को साझो सेटमा पराजित गरेको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend