काठमाडौ,कात्तिक ३-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवसर पाए मुलुकको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले चुनावपछि प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सत्ता गठबन्धन भित्र छलफल नभएको तर अवसर पाए आफूलाई नेतृत्व गर्ने इच्छा भएको बताएका हुन् ।




