काठमाडौ,कात्तिक ३-
रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभामा उम्मेदवारी दिने तेस्रो ठूलो दल भएको छ । केही महिनाअघि मात्रै स्थापना भएर ‘स्वतन्त्र’ नाममा घण्टी चुनाव चिह्न पाएको उक्त पार्टीले प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १३१ मा उम्मेदवारी दिएको हो ।



