काठमाडौं,कात्तिक ३-
कमेडिमार्फत नेवारी समुदायमाथि आँच पुर्याएको आरोपमा पक्राउ परेका अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।काठमाडौं जिल्ला अदालतले थुनछेकको बहसपछि बिहीबार उक्त आदेश गरेको हो। अपूर्वसँग २ लाख ५० हजार रुपैयाँ धरौटी मागिएको छ।
क्षितिजविरुद्ध चारवटा कसुरमा मंगलबार मुद्धा दर्ता भएको थियो ।



