कास्की, कात्तिक ४–
गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब १७२ स्वर्ण पदक जितेर च्याम्पियन बनेको छ। गत असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका आठ जिल्लामा सञ्चालन भएका ३६ खेलमा सेनाले स्वर्ण १७२, रजत ११० र ८९ काँस्य गरी ३७१ पदक जितेर च्याम्पियन भएको हो।

च्याम्पियन बनेको सेनालाई समापन समारोहका प्रमुख अतिथि एवं प्रधानमन्त्री शेरबहादुर देउवाले रनिङ ट्रफी हस्तान्तरण गरे। पहिलो पटक राष्ट्रिय खेलकुदको विजेतालाई सुन र चाँदी समावेश गरेर बनाइएको ट्रफी प्रदान गरिएको हो। सेना यसअघिका सातौँ र आठौँ राष्ट्रिय खेलकुदको पनि च्याम्पियन टोली हो।
मधेश प्रदेशले पाँच स्वर्ण, आठ रजत र २६ काँस्य गरी ३९ पदक जित्दा कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ काँस्यसहित १८ पदक जितेको छ।



