कसुर गरेको छैन, अनुसन्धानमा सहजीकरण गर्छुः माधव नेपाल

images
  • 62
    SHARES
  • कार्तिक ४, २०७९ शुक्रबार
    कसुर गरेको छैन, अनुसन्धानमा सहजीकरण गर्छुः माधव नेपाल
    images

    काठमाडौँ। कात्तिक ४–

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मतदातालाई प्रलोभनमा पारेर निर्वाचन कसुर गरेको हुनसक्ने भन्दै अनुसन्धान अघि बढाउन निर्वाचन आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई बिहीबार पत्राचार गरेको छ। प्रहरीलाई पत्राचारसँगै आयोगले उक्त विषयमा २४ घन्टाभित्र स्पष्टिकरण बुझाउनसमेत नेपाललाई भनेको छ।

     
    makuneeeeee.webp

    पूर्वप्रधानमन्त्री समेत रहेको नेपालले चुनाव प्रचारप्रसारका क्रममा फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइनेदिने भनि मतदातालाई आश्वासन दिएका थिए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने आफूले कुनै पनि कसुर नगरेको दाबी गर्दै अनुसन्धान प्रक्रियामा सहजीकरण गर्ने बताए।

     

    आफुले निर्वाचन आचारसंहिता उल्लंघन पनि नगरेको दाबी गर्दै उनले मतदातालाई जीवनस्तर सुधार्न भन्ने कुरा मात्र गरेको बताए । निर्वाचन आयोगको पत्राचारअनुसार अनुसन्धानका लागि आफूले सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए । यस विषयमा आफूले कानुनी परामर्शसमेत गर्ने नेपालले बताए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend