ओलीद्वारा नागरिकसँग ४ घण्टा टेलिफाेनमा कुराकानी

images
  • 80
    SHARES
  • कार्तिक ४, २०७९ शुक्रबार
    ओलीद्वारा नागरिकसँग ४ घण्टा टेलिफाेनमा कुराकानी
    images

    काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रवार नागरिकसँग झन्डै चार घण्टा टेलिफाेनमा कुराकानी गर्नुभएकाे छ । 

    kp_oli_Ezx3VmITAO.jpg

    पूर्वनिर्धारित कार्यक्रमअनुसार उहाँले नागरिकसँग टेलिफाेनमा कुराकानी गर्नुभएकाे हाे । नागरिकसँग भएका कुराकानीले आफू उत्साहित भएकाे पनि अध्यक्ष ओलीले बताउनुभएकाे छ । 

    उहाँसँग कुराकानी गर्न दुई लाख नाै हजार एक सय १६ जनाले नाम टिपाएका थिए । अध्यक्ष ओलीले सबैसँग कुरा गर्न नपाएकाे भन्दै यसलाई निरन्तरता दिने बताउनुभएकाे छ । 

    गएकाे मङ्गलवार ओलीले फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै नागरिकसँग टेलिफाेन कुराकानी गर्ने बताउनुभएकाे थियाे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend