सार्वजनिक बिदाका दिन पनि आयोगमा चुनावी खर्च विवरण बुझाउन सकिने

images
  • 37
    SHARES
  • कार्तिक ५, २०७९ शनिबार
    सार्वजनिक बिदाका दिन पनि आयोगमा चुनावी खर्च विवरण बुझाउन सकिने
    images

    काठमाण्डाै – निर्वाचन आयोगले सार्वजनिक बिदामा दिन पनि पालिका चुनावका उम्मेदवारले खर्च विवरण बुझाउन सक्ने जनाएको छ ।

    election_commission_QgyjysH9S0.jpg

    elec_03bGH3rexe.jpg

    आयोगका समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार यसअघि समय अवधिभित्र चुनावी खर्च विवरण नबुझाउनेले आज बिदाको दिन पनि बुझाउन सक्नेछन् । आज सार्वजनिक बिदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिबाना बुझाउने व्यवस्था मिलाइएको र रकम नबुझाउने उम्मेदवारहरुको नाम समानुपातिकको बन्दसूचीबाट हटाउने निर्णय भएको आयोगले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend