दुई वर्षपछि प्रज्ञामा सिस्नुपानी देउसी

images
  • 60
    SHARES
  • कार्तिक ६, २०७९ आइतबार
    दुई वर्षपछि प्रज्ञामा सिस्नुपानी देउसी
    images

    काठमाडौं । हिन्दूहरूको दोस्रो ठूलो महान चाड तिहारको दिपावलीको अवसरमा विगतमा जस्तै ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरिएको छ। शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा देउसी भैलोको आयोजना गरिएको थियो।

    Capture_20221023120159.png

    उक्त अवसरमा समसामयिक राजनिती, बढ्दो भ्रष्टाचार तथा सामाजिकविसांगतीविरुद्द व्यङ्ग्यात्मक प्रस्तुती गरिएको थियो।उक्त कार्यक्रममा देउसी भैलोसँगै विभिन्न साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरियो।

     

    उक्त देउसी भैलो कार्यक्रममा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, चक्र दुवाडीलगायतले व्यङ्ग्यात्मक प्रस्तुती दिए भने व्यङ्ग्यकविका रुपमा परिचित अर्जुन पराजुलीले विभिन्न आधा दर्जन कविता वाचन गरेर दर्शकको मन जिते।

     

    उक्त देउसी भैलोमा नेकपा एमाले अध्यक्ष तथा पूर्व (प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व(प्रधानमन्त्री डा।बाबुराम भट्टराई , विभागीय मन्त्रीहरू, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विभिन्न राजनीतिक दलका नेता, काठमाडौ तथा ललितपुर महानगरका प्रमुख,सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend