६ असोज, काठमाडौं

नेपाल समाजवादी पार्टी (नेसपा)ले आफ्नो चुनावी घोषणापत्रमा १२ वटा प्रतिबद्धता व्यक्त गरेको छ । नेसपाले आइतबार सार्वजनिक गर्न लागेको घोषणापत्रको मूल नारा ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’ रहेको छ ।

नेसपाको १२ वाचामा सस्तो, भरपर्दो र सुधारिएको स्वास्थ्य सेवा सबैलाई पुर्याउने रहेको छ । प्रविधि र व्यावहारिक सीपयुक्त शिक्षा सरकारी स्कुलबाटै उपलब्ध गराउने नेसपाको दोस्रो वाचा रहेको छ ।
‘मेचीदेखि महाकाली, सबैतिर विकास र खुसीयाली’ नारा उल्लेख गर्दै प्रतिबद्धतापत्रमा पार्टी अध्यक्ष भट्टराईले भनेका छन्, ‘प्रगतिशील राष्ट्रवादमा आधारित स्वाधीनता, संघीयताको सुदृढीकरण अनि समावेशी, समानुपातिक सहभागितामूलक लोकतन्त्र हाम्रो लक्ष्य हुनुपर्छ ।’



